सोमबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२६ वैशाख २०७९ ११:०२
248
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोलामा ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर प्रति तोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९८ हजार २ सय रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज स्थिर रहेको सोहि मुल्यमा कारोबार भइरहेको छ। महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार ६२० रुपैयाँ निर्धारण गरेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय २ रुपैयाँ कायम गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.