नेपालले टस जितेर फिल्डिङ गर्ने,खेल ३३ ओभरमा छोट्याईयो
काठमाडौं।जिम्बावे एविरुद्ध नेपालले टस जितेर सुरुमा फिल्डिङ गर्ने निर्णय गरेको छ।नेपाल र जिम्बावे एबीचको तेस्रो एकदिवसीय अभ्यास खेल खेल ३३ ओभरको हुने भएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले खेल ३३ ओभरको हुने जनाएको छ ।
वर्षाको कारण मैदान ओशिलो भएकोहुँदा ढिला सुरु हुने भएपछि खेल ३३ ओभरमा झारिएको हो।खेल दिउँसो १२ः३० बाट सुरु हुनेछ ।खेलको सिरिज १ १ को स्थितिमा रहेको छ ।
नेपालको टिम ११ः
सन्दीप लामिछाने(कप्तान),आसिफ शेख,कुशल भुर्तेल,दीपेन्द्र सिंह एरी,रोहित पौडेल,बिनोद भण्डारी,करण केसी,सोमपाल कामी,किशोर महतो,बसिर अहमद,सुनिल धमला
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment