धोनीले आफ्नो ब्याट किन खान्छन् ? हिजो पनि ब्याट खाइरहेका देखिए

डिसी नेपाल
२६ वैशाख २०७९ १३:२६
2.5k
Shares

काठमाडौं । महेन्द्र सिंह धोनीले ४० वर्षको उमेरमा पनि क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका छन् । उनले एकपटक फेरि प्रमाणित गरिसकेका छन् कि उमेर संख्या मात्र हो । उनले फेरि कप्तानी सम्हाल्दै चेन्नई सुपर किंग्स टोलीलाई जितको बाटोमा ल्याएका छन् । धोनीले दिल्ली क्यापिटल्सविरुद्ध पनि राम्रो ब्याटिङ गरे ।

तर, यो म्याचको एउटा तस्बिर पनि भाइरल भएको छ, जसमा धोनी आफ्नो ब्याट खाइरहेको देखिन्छ । धोनीले मुखमा ब्याट समातेको यो पहिलो पटक भने होइन । यसअघि पनि उनी धेरै पटक ब्याट खाएको देखिएका छन् । धोनीले किन यस्तो गर्छन् भन्ने खुलासा उनको टिम इन्डियाका साथी अमित मिश्राले गरेका छन् ।

लेग स्पिनर अमित मिश्राले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै यो खुलासा गरेका हुन् । अमितले आफ्नो पोस्टमा लेखेका छन्, ‘यदि तपाई सोचिरहनु भएको छ कि धोनीले आफ्नो ब्याट किन खाइरहेका छन् भने हामी तपाईलाई भनौं कि उनले आफ्नो ब्याटबाट टेप निकालिरहेका छन् । उनलाई आफ्नो ब्याट सफा राख्न मन पर्छ। तपाईंले धोनीको ब्याटमा एउटै धागो वा टेप बाहिर निस्किएको देख्नुहुने छैन।’

अमित मिश्राले यसपटक आईपीएल खेलिरहेका छैनन् । उनलाई मेगा लिलामीमा कसैले किनेको थिएन । यद्यपि, उनले दिल्ली टोलीका मालिक पार्थ जिन्दललाई भनेका थिए कि उनी टोलीका लागि कुनै पनि भूमिकामा उपलब्ध हुन सधैं तयार छन्। आईपीएल नखेल्दा अमित मिश्रा यतिबेला सामाजिक सञ्जालमा निकै सक्रिय छन् ।

चेन्नईले आइतबार नै दिल्लीको टोलीसँग खेलेको थियो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेट गुमाएर २०८ रन जोडेको थियो । टोलीका लागि डेभोन कोनवेले ४९ बलमा ८७ र ऋतुराज गायकवाडले ३३ बलमा ४१ रन बनाए ।

२०९ रनको लक्ष्यको जवाफमा दिल्ली क्यापिटल्सको सुरुवात राम्रो हुन सकेन र टोलीले ३६ रनमा दुई विकेट गुमाएको थियो । अन्त्यमा दिल्लीको टोली ११७ रनमा मात्रै सिमित भयो र ९१ रनले पराजित भयो । मिचेल मार्सले २५ र शार्दुल ठाकुरले २४ रन बनाए । कुनै पनि ब्याट्सम्यानले ३० रन बनाउन सकेनन् । खेल जित्ने इनिङ्सका लागि कोनवे प्लेयर अफ द म्याच घोषित भए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *