बिन्ध्यबासिनी हाइड्रोपावर १० लाख कित्ता आइपिओ भर्ने आज अन्तिम मौका

डिसी नेपाल
२७ वैशाख २०७९ १०:०४
172
Shares

काठमाडौँ। बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १० लाख कित्ता आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले बैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा १० करोड रुपैयाँ बराबरको आइपिओ बिक्री खुल्ला गरेको हो।

कम्पनीले जारी गरेको आइपिओमध्ये ७ लाख कित्ता सेयर कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ८ र ९ का स्थानीयलाई छुट्याइएको छ । भने, बाँकी ३ लाख कित्ता सेयर भने आयोजनाको मुख्य संरचना जोडिएको क्वहोलासोथार गाउँपालिको वडा नं ८ र ९ का बासिन्दालाई छुट्याएको छ ।

यस आइपिओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्ने भएको छ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । इक्रा रेटिङ एजेन्सी कियर नेपालले यस आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

यस आइपिओमा स्थानीय बासिन्दाले सानिमा बैंकको विरौटा तथा पोखरा शाखा, सिभिल बैंकको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेसिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेसिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.