एकैदिन ७ सयले घट्यो सुनको मूल्य

डिसी नेपाल
२७ वैशाख २०७९ १०:४७
216
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। सोमबार प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.