दुई हाइड्रोपावर कम्पनीले पाए हकप्रद सेयर जारी गर्ने पूर्व स्वीकृति
काठमाडौँ। विद्युत नियमन आयोगले दुई वटा हाइड्रोपावर कम्पनीलाई हकप्रद सेयर जारी गर्न पूर्व स्वीकृति प्रदान गरेको छ। आयोगले बरुण हाइड्रोपावर कम्पनी र ङादी ग्रुप पावर लिमिटेडलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।
बरुण हाइड्रोले हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशत हकप्रदको लागि स्वीकृति पाएको हो ।
यता, ङादी ग्रुप पावरले चुक्तापुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँको १ः१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद निष्कासनका लागि स्वीकृति प्राप्त गरेको छ। यद्यपि ङादी ग्रुप पावरले आयोगसँग चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद निष्कासनको अनुमति मागेको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment