तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, कुनको मूल्य कति पुग्यो ?

डिसी नेपाल
२७ वैशाख २०७९ १४:५१
220
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। मंगलबारको कारोबारमा बरुण हाइड्रोपावर कम्पनी, न्याग्दी ग्रुप पावर र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

बरुण हाइड्रोपावरको सेयर मूल्य ४० रुपैयाँ ७० पैसाले बढेर प्रतिकित्ता ४ सय ४७ रुपैयाँ ७० पैसा पुगेको छ। यस्तै, न्याग्दी ग्रुप पावरको सेयर मूल्य ५७ रुपैयाँ ६० पैसाले बढेर प्रतिकित्ता ६ सय ३३ रुपैयाँ ६० पैसा र जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य १ सय ८३ रुपैयाँ ९० पैसाले बढेर प्रतिकित्ता २ हजार २३ रुपैयाँ ७० पैसा पुगेको छ।

यि तिनवटै कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। मार्केड डेप्थमा हेर्दा कम्पनीको सेयर बिक्री भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.