सेयर बजारमा हरियाली, ४४.१६ अङ्कले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
२७ वैशाख २०७९ १५:११
76
Shares

काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक ४४.१६ अङ्कले बढेर २ हजार ३१३.०० विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ३५ करोड ६६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा न्याग्डी ग्रुप पावर अग्रस्थानमा रहेको छ। यस कम्पनीको ९ करोड ९८ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ६ सय ३३ रुपैयाँ ६० पैसा कायम भएको छ। त्यसपछि क्रमश : अरुण भ्याली हाइड्रोपावर र नेपाल दुरसंचार कम्पनीको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचक बढेको छ। आज नेप्सेमा बरुण हाइड्रोपावर र न्याग्डी ग्रुप पावरका लगानीकर्ताले अधिक कमाएका छन् भने एनआइबिएल सम्बृद्धि फाइनान्स र उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.