अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२८ वैशाख २०७९ ८:५७
512
Shares

काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ घटेको छ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ४४ पैसा र बिक्री दर १२४ रुपैयाँ ०४ पैसा कायम गरेको छ। मंगलबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ६५ पैसा र बिक्री दर १२४ रुपैयाँ २५ पैसा कायम रहेको थियो।

युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ ०९ पैसा र बिक्री दर १३० रुपैयाँ ७३ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ०७ पैसा र बिक्री दर १५२ रुपैयाँ ८१ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२३ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १२४ रुपैयाँ ३६ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८५ पैसा र बिक्री दर ८६ रुपैयाँ २६ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३७ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ४८ पैसा र बिक्री दर ९ रुपैयाँ ५३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३६ पैसा र बिक्री दर १८ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ९१ पैसा र बिक्री दर ३३ रुपैयाँ ०७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ७८ पैसा र बिक्री दर ३३ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६८ पैसा र बिक्री दर ९ रुपैयाँ ७३ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.