कांग्रेस र नेकपा एमाले कार्यकर्ता झडपपछि दोलखाको बैत्यश्वरमा मतदान रोकियो

डिसी नेपाल
३० वैशाख २०७९ १०:०६
252
Shares

दोलखा। दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा मतदान रोकिएको छ। नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएको हो।

बैत्यश्वर गाउँपालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा सुरु भएलगत्तै दुई पक्षबीच ढुंगा हानाहान भएको हो।

वडा नम्बर ३ मा रहेको कालीढुंगा मावि मतदान केन्द्रमा झडप भएको हो। झडपमा परी एक जना घाइते भएका छन्। झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । झडपपछि तनाबग्रस्त बनेको मतदान केन्द्रलाई नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ।

झडपपछि नेपाली सेनाले मतदान केन्द्रलाई आफ्नो नियन्त्रणमा लिएको हो। ढुंगा प्रहार गर्दै बुथ नै कब्जा गर्ने प्रयास भएपछि झडप भएको दोलखा प्रहरी प्रमुख डिएसपी गंगा पौडेलले जानकारी दिए।

मतदाता आउने बाटो नै अवरोध गरेर कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको थियो। सुरक्षाकर्मीले अवरोध हटाउन खोजेपछि मतदानस्थल तनावग्रस्त बनेको हो। पुनः मतदान गराउने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकपछि पुनः मतदान सुचारू गरिने डिएसपी पौडेलले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.