साँफेबगरकाे बाब्लामा झडप, मतदान स्थगित
सांकेतिक तस्वीर
धनगढी। अछामको साँफेबगर नगपालिका-१३ बाब्लामा झडप हुँदा मतदान स्थगित भएको छ। मतदान जारी रहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि अछामकाे बाब्लामा मतदान स्थगित भएको हाे।
बाब्लामा नेकपा एमाले-माओवादी केन्द्र र कांग्रेस-नेकपा एकीकृत समाजवादी गठबन्धनबीच झडप भएको प्रहरीले जनाएको छ। प्रहरी सहायक निरीक्षक जनक शाहीले दुई गठबन्धनबीच झडप भएपछि मतदान स्थगित भएको बताए।
झडपपछि मतदान अधिकृत र मतपेटिकाको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । झडपमा भएको क्षतिबारे जानकारी प्राप्त भइनसकेको बताए। अहिले मतदान स्थललाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment