भाेट दिएपछि प्रधानमन्त्री देउवाले भने- गठबन्धनले कांग्रेस कमजाेर भएकाे छैन

डिसी नेपाल
३० वैशाख २०७९ १०:३०
28
Shares

डडेल्धुरा। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन्। शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गरेका देउवाले संक्षिप्त प्रतिक्रिया दिएका हुन्।

उनले सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेकाे बताए। ‘निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि सामेल भएका छन्। स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्त्वपूर्ण थियो । अहिले निर्वाचन भएकाे छ,’ उनले भने।

देउवाले गठबन्धनले कांग्रेस कमजोर नभएकाे बताए। कांग्रेस नेतृत्वकाे सत्ता गठबन्धनले चुनावमा पनि तालमेल गरेकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.