स्थानीय तह निर्वाचन : रसुवामा २५ प्रतिशत मत खस्यो

डिसी नेपाल
३० वैशाख २०७९ १०:५१
64
Shares

रसुवा। रसुवामा २५ प्रतिशत मत खसेको छ। बिहान साढे १० बजेसम्ममा २५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात दोस्रोपटक भएको स्थानीय तहको निर्वाचनमा शुक्रबार जिल्लामा उत्साहमय रूपमा मतदान भइरहेकाे छ।

जिल्लाको सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको थियो। मतदान गर्न ७ बजेअघिदेखि नै मतदाताहरू लाइनमा बसेका थिए। मतदान केन्द्रहरूमा बिहानैदेखि घुइँचो लागेको छ। वृद्धवृद्धा, अशक्त, अपांगतालगायतका नागरिकहरूको पनि उत्साहजनक रूपमा मतदानमा सहभागी भएका छन्।

जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ। जसमा दुई सय ५५ जना कर्मचारी निर्वाचन गराउन खटिएका छन्। जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली खटिएका छन्।

जिल्लामा पाँचवटा गाउँपालिका छ। जसमा २७ वटा वडा छन्। जिल्लामा निर्वाचनका लागि एक सय ४५ पदका लागि चार सय ६७ जना प्रतिस्पर्धामा छन्। जसमा पाँचजना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन। अब एक सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ।

जिल्लामा ३८ हजार पाँच सय ४५ मतदाता छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार आठ सय ८५ महिला छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.