सर्लाहीमा मतदान अधिकृत पक्राउ

डिसी नेपाल
३० वैशाख २०७९ १३:१०
876
Shares

सर्लाही। सर्लाहीको बलरामा मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बलरा नगरपालिका–३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राज किशोर साहलाई अमूक पार्टीको चुनाव चिन्हमा मतदान गर्न सिकाएको भन्दै प्रहरीले पक्राउ गरेको हो।

पुरानो गाविस भवन मतदान केन्द्रमा खटिएका साहले मतदातालाई मतदान गर्न सिकाएको प्रहरीको भनाई छ।

उक्त स्थानमा सर्वपक्षीय छलफल गरेर विवाद समाधान गर्ने र पुनः मतदान सुरु गर्ने प्रयास भईरहेको मुख्य अधिकृतको कार्यलय सर्लाहीले जनाएको हो। पक्राउ परेका मतदान अधिकृत साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उक्त स्थानमा मतदान स्थगित भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.