राष्ट्रपति भण्डारीले किन प्रयोग गरिनन् मताधिकार ?

डिसी नेपाल
३० वैशाख २०७९ १३:३९
1.6k
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा मताधिकारको प्रयोग नगर्ने भएकी छन्। मुलुकभर स्थानीय तह निर्वाचन भइरहँदा राष्ट्रपति भण्डारीले भने मताधिकार प्रयोग नगर्ने भएकी हुन्।

राष्ट्रपति भण्डारीको मतदाता नामावली बुढानिलण्ढ नगरपालिका–२ वडा कार्यालय चपलीमा रहेको छ। तर राष्ट्रपति मुलुकको अभिभावक भएको र उम्मेदवार दलीय हिसावले प्रतिश्पर्धामा रहेको हुनाले राष्ट्रपति भण्डारीले मतदान नगर्ने भएकी हुन्।

राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार डा. टीका ढकालले राष्ट्रपतिमा निर्वाचित भएपछि भण्डारीले दलीय आवद्धता त्यागेको र अहिले अभिभावकीय भूमिकामा रहेका कारण मतदान नगर्ने निर्णय भएको जानकारी दिए।

‘उहाँले पहिलो निर्वाचनमा पनि मतदान गर्नु भएको थिएन,’ प्रेस सल्लाहकार डा. ढकालले डिसी नेपालसँग भने, ‘उम्मेदवार दलीय आधारमा प्रतिश्पर्धामा रहेका हुन्छन्। राष्ट्रपति मुलुकको अभिभावक पनि भएकाले मताधिकार प्रयोग नगर्ने तय भएको हो।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.