जुम्लाको गुठीचौर गाउँपालिकामा कांग्रेस र नेकपा एसबीच झडप, मतदान रोकियो

डिसी नेपाल
३० वैशाख २०७९ १४:०३
56
Shares

सुर्खेत।जुम्लाको गुठीचौर गाउँपालिकाको एक मतदानस्थलमा झडप भएको छ । गुठीचौर गाउँपालिका-३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा झडप भएको हो ।

कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हो । दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ ।

मतदाताले मतदाता परिचयपत्र च्यात्न खोजेपछि विवाद भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई बताइन् । ‘अहिले मतदान कार्य रोकिएको छ,’ उनले भनिन्, ‘मतदान स्थगित नै भएको होइन । केही समयका लागि रोकिएको मात्र हो ।’एक हजार सात मतमध्ये अहिलेसम्म ३१२ मत मात्रै खसेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.