बैतडीको सुर्नया-१ मा एमाले र शिवनाथ-१ मा कांग्रेस प्यानलसहित विजयी

डिसी नेपाल
३१ वैशाख २०७९ ९:२६
316
Shares

बैतडी।बैतडीको सुर्नया गाउँपालिका-१ म नेकपा एमाले विजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार धनबहादुर चन्दसहित प्यानलै विजयी भएको हो ।

एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । सदस्यहरुमा दिलाराम कोली, अर्जुन बहादुर चन्द, सिता ढोली र अनिता चन्द बिजयी भएका छन् ।

शिवनाथ गाउँपालिका(१को अध्यक्षमा नेपाली कांग्रेसका बल्देब सिंह चाड प्यानलसहित विजयी भएका छन् ।चाड ७०० मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार देवसिंह साउदले ४७० मत प्राप्त गरेका छन् ।

उक्त वडाबाट पालिका अध्यक्ष, उपाध्यक्षमा सत्ता साझेदार गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । पालिका अध्यक्षमा कांग्रेसका कर्णसिंह साउदले ६४१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार हजारीसिंह साउदले ५०६ मत ल्याएका छन् ।

उपाध्यक्षमा माओवादीका उम्मेदवार नरेन्द्र सिंह साउदले ५१४ मत ल्याएर अग्रस्थानमा छन् भने नेकपा एमालेका सकुन्तला साउदले ४७१ मत प्राप्त गरेका छन् । अहिले वडा न २ को मतगणना जारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.