१२८० मत गन्दा स्थापितभन्दा बालेन ४७ भोटले अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले अग्रता कायम राखेका छन् । १२८० मत गन्दा एमालेका केशव स्थापितभन्दा बालेन ४७ भोटले अगाडि छन् ।
पछिल्लो अपडेटअनुसार १२८० मत गन्दा बालेनको मत ४१३ पुगेको छ । एमालेका स्थापितले ३६६, काँग्रेसको सिर्जना श्रेष्ठले २३३ मत पाएका छन् । वडा नम्बर १ र ३२ सँगै अहिले वडा नम्बर २ को पनि मत गणना भइरहेको छ ।
महानगरपालिकाको ३२ नम्बर वडामा स्वतन्त्र उम्मेदवार बालेनप्रति मतदाताको ठूलो आकर्षण देखिएको छ । यहाँ बालेनको मत अरु उम्मेदवारको भन्दा निकै बढी छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment