बझाङको छबिस पाथिभेरामा विवादका कारण मतगणना हुन सकेन

डिसी नेपाल
३१ वैशाख २०७९ २०:०५
88
Shares

धनगढी । बझाङको छबिसपाथिभेरा गाउँपालिकामा विवादका कारण शनिबार मतगणना नहुने भएको छ ।

छबिस पाथिभेरा गाउँपालिका–६ मा शक्तारुढ गठबन्धनले बुथ कब्जा गरेर फर्जी मत खसालेको भन्दै नेकपा एमालेले सो स्थानमा पुनः मतगणना हुनुपर्ने माग राखेको छ । तर अरू दलले भने पुनः मत गणना गर्न सहमति जनाएका छैनन् ।

स्थानीय ज्योतिप्रकाश जोशीका अनुसार शनिबार एमालेले छबिस पाथिभेरा गाउँपालिका–६ मा पुनः मत गणनाको माग गर्दै गाउँपालिकाको कार्यालयमा नाराबाजी समेत गरेको थियो । अहिले गाउँपालिकाको कार्यालयलाई सुरक्षाकर्मी घेरामा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार शनिबार दलहरूबीच सहमति जुट्न नसकेपछि मतगणना सुरु गरिएको छैन । शनिबार सहमति नभएपछि आइतबार(भोलि) बिहान ८ बजेका लागि पुनः सर्वदलीय बैठक बोलाइएको उनले बताए ।

‘८ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ,’ उनले भने, ‘दलहरूबीच हुने समझदारीका आधारमा भोलि अर्को निर्णय हुन सक्छ । मतपेटिकाको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाइएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.