भरतपुरमा रेणुको अग्रता कायमै ,पछयाउँदै सुवेदी
चितवन ।भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता पाएको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता लिएकी हुन् । सात सय मत गणना गर्दा गठबन्धनले अग्रता लिएको हो ।
दाहालले २७८ मत प्राप्त गरेकी छन् । नेकपा (एमाले)का बिजय सुवेदीले २५८ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९४ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३१७ मत पाएका छन् । उनको प्रतिस्पर्धी नेकपा (एमाले) सहितको गठबन्धनकी हिमला गुरुङ्ले १९९ मत पाएकी छन् ।
यस्तै हाल गणना भएको वडा नम्बर १ मा नेपाली कांग्रेसका केशव महर्जनले ३११ र नेकपा (एमाले)का शुक्रकुमार श्रेष्ठले २६४ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment