पोखरामा एकीकृत समाजवादी र एमालेको सुरुआती टक्कर

डिसी नेपाल
३१ वैशाख २०७९ २१:२३
1.7k
Shares

गण्डकी । पोखरा महानगरपालिकाको मतगणनामा एकीकृत समाजवादीले सुरुआती अग्रता लिएको छ । जारी मतगणनामा भएको ५० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २३ मत पाएका छन् भने नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले २२ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले २२ मत प्राप्त गरेकी छन् भने नेकपा (एमाले)का मञ्जुदेवी गुरुङले २० मत प्राप्त गरेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.