हेटौंडा उपमहानगरपालिकाः ३ हजार ५ सय ३३ मत गणना हुँदा गठबन्धन तीन मतले अगाडि
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतगणनामा गठबन्धनले अग्रता लिएको छ । ३ हजार ५ सय ३३ मत गणना हुँदा गठवन्धनकी मिना लामा तीन मतले अगाडि रहेकी छन् ।
गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा(एकीकृत समाजवादी)की मिनाकुमारी लामाले १०६९ मतसहित अगाडि हुँदा एमालेका अनन्त प्रसाद पौडेल १०६६ मतले दोश्रो स्थानमा रहेका छन् ।राप्रपाका दीपक बहादुर सिह ९४९ मतसहित तेश्रो स्थानमा छन् ।
यस्तै उपमेयरतर्फ गठबन्धनका राजेश बानियाले १५४२ मत प्राप्त गरेर अगाडि रहेका छन् । एमालेकी सुमित्रा काफ्लको मत १२७० र राप्रपाकी इन्दिरा डल्लाकोटीले २६० मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment