गुल्मीकाे दरबार गाउँपालिकामा कांग्रेस विजयी
काठमाडाैं। नेपाली कांग्रेसले गुल्मीको गुल्मी दरबार गाउँपालिकामा विजयी भएको छ। गुल्मी दरबारमा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष दुवै विजयी भएका हुन्।
कांग्रेसका सरोज कुमार थापाले ६ हजार १ सय ६६ मत ल्याएका छन्।उपाध्यक्षमा तारा थापा दंगा विजयी भएकी छन्।उनले ६ हजार २ सय ७७ मत ल्याएकी छन्।
अध्यक्षमा पराजित एमालेका कृष्णबहादुर भुसालले ५ हजार ६ सय २ र उपाध्यक्षमा पराजित एमालेकै सुशिला पुनले ५ हजार ५ सय मत ल्याएकी छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment