कार दुर्घटनामा क्रिकेटर साइमन्डको निधन

डिसी नेपाल
१ जेठ २०७९ ८:२२
3.1k
Shares

काठमाडौं। अस्ट्रेलियाका पूर्वक्रिकेटर एन्ड्रियु साइमन्डसको कार दुर्घटनामा परि ४६ वर्षको उमेरमा निधन भएको छ। अलराउन्डर साइमन्डसले सन् १९९८ देखी २००९ सम्म अस्ट्रेलियाबाट २६ टेस्ट, १९८ एक दिवसीय र १४ टी- ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका थिए।

अस्ट्रेलियाले दुई पटक एक दिवसीय विश्वकप र सन् २००६-७ मा इङल्यान्डविरुद्धको एसेस शृंखला जित्दा उनी टोलीका प्रमुख सदस्य थिए । साइमन्डसले एक दिवसीयतर्फ १९८ खेलमा ३९ दशमलव ७५ को औसतमा पाँच हजार ८८ रन प्रहार गर्नुका साथै १३३ विकेट लिएका थिए।

यसै वर्ष अस्ट्रेलियाका पूर्वस्पिनर सेन वार्न र विकेटकिपर रड मार्सको पनि निधन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *