खोटाङमा नेकपा एसको दुई वडाध्यक्ष निर्वाचित

डिसी नेपाल
१ जेठ २०७९ ९:५९
324
Shares

खोटाङ। खोटाङका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन्। केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका–३ बासपानीमा तुलाराम राई विजयी भएका हुन्। माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन्।

खार्ताम्छामा दुई खुला सदस्य जसपाको र दुई सदस्य नेकपा एकीकृत समाजवादीका विजयी भएका छन्। यस्तै, बासपानीमा दुई खुला सदस्य माओवादी केन्द्रको र दलित महिलासहित दुई महिला सदस्य नेकपा एकीकृत समाजवादीका तर्फबाट भएका हुन्। खुला दुई सदस्य पनि महिला छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.