भरतपुरको एउटा वडा कांग्रेसले जित्यो, मेयरमा रेणुको १२१ मतको अग्रता

डिसी नेपाल
१ जेठ २०७९ ११:१५
904
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाको एउटा वडा कांग्रेसले जितेको छ । वडा नम्बर १ मा नेपाली कांग्रेसका केशव महर्जन वडाध्यक्ष निर्वाचित भएका हुन् ।

महर्जनले १३९७ मत ल्याएर वडाध्यक्ष जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शुक्रकुमार श्रेष्ठले १३१३ मत प्राप्त गरे ।

वडा नम्बर १ को मत गनिसक्दा गठबन्धनतर्फका मेयर उम्मेदवार नेकपा माओवादीकी रेनु दाहाल १२१ मतल‍े अगाडि छिन् ।

उनले १२०८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १०८७ मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ४३० मत छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३६२, राप्रपाकी हिमला गुरुङले ८७७ मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.