भरतपुरमा रेणुको अग्रता घट्यो, १२१ को अग्रता ६८ मा झर्यो
काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनामा गठबन्धनकी उम्मेदवार रेणु दाहालको अग्रता कायम छ ।
तर, पछिल्लो अपडेटमा अग्रता साँघुरिएको छ । यसअघि १२१ मतले अगाडि रहेकी रेणुको अग्रता ६८ मा झरेको छ ।
पछिल्लो गणनाअनुसार गठबन्धनतर्फकी मेयर उम्मेदवार नेकपा माओवादीकी रेणु दाहाल ६८ मतले अगाडि छिन् ।
उनले १३७३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १३०५ मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ४७० मत छ ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १५४२, राप्रपाकी हिमला गुरुङले १०३५ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment