भरतपुर- २ मा एमालेले लिड गर्दै, रेणुको अग्रता घट्दै

डिसी नेपाल
१ जेठ २०७९ १२:३८
13.3k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर २ को मतगणनामा एमालेले लिड गरेपछि गठबन्धनतर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालको अग्रता घट्दै छ ।

यसअघि वडा न‌ं. १ मा भने कांग्रेसले वडाध्यक्ष जितिसकेको छ र यहाँ रेणुले अग्रता लिएकी थिइन् ।

पछिल्लो गणनाअनुसार गठबन्धनतर्फकी मेयर उम्मेदवार नेकपा माओवादीकी रेणु दाहाल ७४ मतले अगाडि छिन् ।

उनले १४८४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १४१० मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ४९७ मत छ ।

वडा नम्बर १ बाट १२१ को अग्रतासहित वडा नम्बर २ आएकी दाहाल र सुवेदीबीचको मतान्तर घटेको हो ।

वडा नम्बर १ बाट दाहालले १ हजार २०८ मत र विजयले १ हजार ८७ मत पाएका थिए ।

वडा नम्बर २ को ८०० मत गणना हुँदा वडाध्यक्षमा एमाले उम्मेदवार कृष्ण केसीले ३४८ मतका साथ अग्रता लिएका छन् । कांग्रेसका मनोज रानभाटले ३३७ मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.