भक्तपुर नगरपालिकामा नेमकिपा दाेहाेरिने बाटाेमा

डिसी नेपाल
१ जेठ २०७९ १३:२०
340
Shares

भक्तपुर। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले यस पटककाे स्थानीय तह निर्वाचनमा पनि आफ्नाे बर्चस्व कायम राख्ने स्थिति देखिएकाे छ। नेमकिपाले आफू कम्जाेर ठानेकाे भक्तपुर नगरपालिका १ र भक्तपुर नगरपालिका ३ मा पनि फराकिलो अन्तरले प्यानलसहित विजयी भएपछि नेतृत्व दाेहाेरिने सम्भावन देखिएकाे हाे।

भक्तपुरमा १० वडा छन् । यीमध्ये वडा नम्बर १ र ३ नेमकिपाका लागि सबैभन्दा चुनाैतिपूर्ण थियो । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका सम्पूर्ण दल एक भई नेमकिपालाई हराउँन गठबन्धन बनाएका थिए। तर, परिणामअनुसार नेमकिपा सबै राष्टिय पार्टीको संयुक्त गठबन्धनलाई फराकिलो मतअन्तरले पराजित गरी यी दुवै वडामा प्यानलसहित विजयी हासिल गरिसकेको छ।

आइतबार बिहानसम्म भक्तपुर नगरपालिका वडा नम्बर १, २ र ३ को मत परिणाम आइरहेको छ। नेमकिपाको मेयर र उपमेयरले पाएको मत पनि निकै फराकिलो अन्तर छ । यस हिसाबले आंकलन गर्दा यसपटक पनि ‘क्लिन स्विप’ नै हुने स्थानीयकाे भनाइ छ।

भक्तपुर नगरपालिकामा ७५ दशमलब ७१ प्रतिशत मत खसेको थियो। यहाँ ५७ हजार दुई सय ७० मतदाता रहेकोमा ४३ हजार तीन सय ५९ मत खसेको थियो ।
यसअघिको निर्वाचनमा कुल ५२ हजार नौ सय ३० मतदातामध्ये नेमकिपाबाट उम्मेदवार बनेका सुनिल प्रजापतिले २५ हजार सात सय ३० मत र उपमेयरमा रजनी जोशीले २५ हजार सात सय ११ मत ल्याएर विजयी भएका थिए । यो पटक पनि नेमकिपाबाट दुवै दोहरिएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.