काठमाडौंमा बालेनको अग्रता झन् बढ्यो, १३ सयभन्दा बढीको लिड
काठमाडौं । काठमाडौं महानगरपालिकाको जउरी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाइरहेका छन् ।
पछिल्लो अपडेटअनुसार बालेनले २८२० पाएका छन् । त्यस्तै नेकपा एमालेका केशव स्थापितले १५०७ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४४९ मत पाएकी छन् ।
शनिबार सुरु गरिएको मत गणनामा हाल वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment