स्थानीय तह निर्वाचनः हाल सम्म कुन पार्टीले कहाँ र कति जिते ?
काठमाडौं।बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अधिकांक्ष स्थानहरुमा मतगणना जारी भएपनि केही स्थानीय तह हरुको भने मत परिणाम सार्वजनिक भइसकेको छ।
अहिले सम्म सार्वजनिक भएको स्थानीय तह मध्ये नेकपा एमालले सबै भन्दा धेरै स्थानहरूमा विजय हाँसील गरेको छ।एमालेले १० स्थानमा जित जित निकालिसकको छ भने नेपाली कांग्रेसले ९ स्थानमा जित निकाल्दै दोस्रो स्थानमा रहेको छ।तर गणना भइरहेको स्थानहरुमा भने कांग्रेसले अग्रता लिइरहेको छ।
जारी मतगणनामा २ सय ६५ स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ । एमालेले १ सय ८२ स्थानमा अग्रता लिएर दोस्रो स्थानमा रहेको छ।नेकपा (माओवादी केन्द्र) ले १ सय २५ स्थानीय तहमा,एकीकृत समाजवादीले १७, जसपाले २३ र लोसपाले ६ र स्वतन्त्रले २२ स्थानीय तहमा अग्रता लिएका छन् ।
एमाले विजयी भएका स्थानीय तहहरुः
१.मनाङ ङिस्याङ गाउँपालिका मनाङ (अध्यक्ष कान्छा घले )
२.चामे गाउँपालिका मनाङ (अध्यक्ष लोकेन्द्रबहादुर घले)
३.घेकर दामोदरकुण्ड गाउँपालिका मुस्ताङ (अध्यक्ष लोप्साङ छोम्पेल विष्ट)
४.बारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङ (अध्यक्ष रिङजिन नामगेल गुरुङ)
५.लोमान्थाङ गाउँपालिका मुस्ताङ (अध्यक्ष टसी न्वर्वु गुरूङ)
६.से फोक्सुण्डो गाउँपालिका डोल्पा (अध्यक्ष धावा सम्डुङ गुरुङ)
७.साइपाल गाउँपालिका बझाङ (अध्यक्ष मानबहादुर बोहरा)
८.खुम्बु पासाङल्हामु गाउँपालिका सोलुखुम्बु (अध्यक्ष मिङ्मा छिरी शेर्पा)
९.बौदीकाली गाउँपालिका नवलपुर (अध्यक्ष प्रकाश ओझा)
१०.थलारा गाउँपालिका बझाङ (अध्यक्ष प्रकाश रोकाया)
कांग्रेस विजयी भएका स्थानीय तहहरुः
१.नार्पाभूमि गाउँपालिका मनाङ (अध्यक्ष कोन्जो तेन्जिङ लामा)
२.नासोँ गाउँपालिका मनाङ(अध्यक्ष धनबहादुर गुरुङ)
३.घरपोझङ गाउँपालिका मुस्ताङ(अध्यक्ष मोहनसिंह लालचन)
४.रेसुङ्गा नगरपालिका गुल्मी (मेयर खिलध्वज पन्थी)
५.गन्यापधुरा गाउँपालिका डडेल्धुरा(अध्यक्ष इन्द्रबहादुर कार्की)
६.गुल्मीदरबार गाउँपालिका गुल्मी (अध्यक्ष सरोजकुमार थापा)
७.बडिकेदार गाउँपालिका डोटी (अध्यक्ष भैरवबहादुर साउद)
८.खार्पुनाथ गाउँपालिका हुम्ला (अध्यक्ष कर्णबहादुर रावल)
९.तमानखोला गाउँपालिका बागलुङ (अध्यक्ष जोकलाल बुढा)
माओवादी केन्द्र विजयी भएका स्थानीय तहहरुः
१.जगदुल्ला गाउँपालिका डोल्पा (अध्यक्ष नारसिङ रोकाय)
२.नौमुले गाउँपालिका दैलेख (अध्यक्ष छविराम सुवेदी)
३.ताराखोला गाउँपालिका बागलुङ (अध्यक्ष धनबहादुर विक)
४.अपिहिमाल गाउँपालिका दार्चुला (अध्यक्ष भगतसिंह ठेकरे)
नेकपा(एकीकृत समाजवादी) विजयी स्थानीय तहहरुः
१.छार्का साङ्तोङ गाउँपालिका डोल्पा (अध्यक्ष सेनाङ गुरुङ)
२.काइके गाउँपालिका डोल्पा (अध्यक्ष अंगदकुमार राना)







डिसी नेपाल








Facebook Comment