भरतपुरमा रेणुको अग्रता खुम्चिँदै
काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनतर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालको अग्रता खुम्चिँदै गएको छ ।
रेणुलाई एमालेका उम्मेदवार विजय सुवेदीले नजिकबाट पच्छ्याइरहेका छन् । पछिल्लो समय लिड गरेकी रेणुलाई विजयले मतान्तर खुम्च्याउँदै छन् ।
पछिल्लो अपडेट अनुसार रेणुले १६११ मत ल्याएकी छन् भने विजयले १५४१ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५३७ मत पाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment