पछिल्लो गणनामा सिर्जनाको मत सबैभन्दा धेरै बढ्यो, बालेनको तुलनात्मक रुपमा बढेन

डिसी नेपाल
१ जेठ २०७९ १७:०४
11.8k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार बालेनको मत ३१३५ पुगेको छ ।

काठमाडौंमा एमालेका उम्मेदवार केशव स्थापितले १६६७ मत ल्याएका छन् । उनी बालेनभन्दा १ हजार ४६८ मतले पछाडि छन् ।

कांग्रेसकी सिर्जना श्रेष्ठले १६२८ मत पाएकी छिन् । अहिले काठमाडौंमा वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।

पछिल्लो गणनामा तुलनात्मक रुपमा कांग्रेसकी सिर्जना श्रेष्ठको मत बढेको छ । उनले २६ मत बढाएकी छिन् ।

एमालेका स्थापितले २२ मत बढाएका छन् भने बालेनको २५ मत बढेको हो ।

यसअघिको गणनाको तुलनामा यस पटक सिर्जनाको मत छिटो बढेको र बालेनको ढिलो बढेको देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.