विराटनगर महानगरको प्रमुख पदमा कांग्रेसको अग्रता कायमै

डिसी नेपाल
१ जेठ २०७९ १८:२५
116
Shares

मोरङ । स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको छ वटा वडाको सात हजार २६८ मतगणना गर्दा गठबन्धन दल नेपाली कांग्रेसले महानगर प्रमुख पदमा अग्रता लिएको छ ।

मुख्य निर्वाचन कार्यालय विराटनगर सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मतगणनास्थल आदर्श विद्यालयबाट आज जारी गरिएको सूचनामा वडा नं १, २, १६, १७, १८ र १९ नं को वडाको मतगणनामा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले दुई हजार ३७७, नेकपा (एमाले)का सागर थापाले एक हजार ७१०, राप्रपाका प्रल्हादप्रसाद साहले ४३२ र स्वतन्त्र उम्मेदवार (लाल्टि)का उमेश यादवले ७६३ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा एमालेकी शिल्पा निरौला कार्कीले एक हजार ९२३, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवले एक हजार २०८, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ५२६, स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेल (लाल्टिन)ले ४७० मत प्राप्त गरेका छन्।

यस्तै वडा नं १ को वडाध्यक्षमा कांग्रेस, वडा नं २ मा राप्रपा, वडा नं १६ मा कांग्रेस, वडा नं १७ मा समाजवादी पार्टी, नेपाल, वडा नं १८ मा स्वतन्त्र र वडा नं १९ मा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.