काठमाडौंमा बालेनको मत ३८ सय पुग्यो, दोब्बरको अग्रता कायमै

डिसी नेपाल
१ जेठ २०७९ १९:२२
748
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहको दोब्बरको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार बालेनको मत ३८३४ पुगेको छ ।

काठमाडौंमा एमालेका उम्मेदवार केशव स्थापितले १९९६ मत ल्याएका छन् । उनी बालेनभन्दा १८३८ मतले पछाडि छन् ।

कांग्रेसकी सिर्जना सिहले १८०२ मत पाएकी छिन् । अहिले काठमाडौंमा वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.