नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने भारतीय प्रधानमन्त्री मोदीको भनाइ

डिसी नेपाल
१ जेठ २०७९ २१:२३
712
Shares

भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतको सम्बन्ध अझै मजबुत बनाउने बताएका छन् । सोमबार हुने नेपाल यात्राको पूर्व सन्ध्यामा दिल्ल्लीमा बोल्दै मोदीले बुद्ध जन्मस्थल मायादेवी मन्दिरको दर्शन गर्न उत्सुक रहेका बताए ।

‘नेपाल–भारत सम्बन्ध अद्वितीय छ । भारत र नेपालबीच सांस्कृतिक र व्यक्ति-व्यक्ति बीचको घनिष्ट सम्बन्ध नै हाम्रो सम्पति हो । हाम्रो उद्देश्य नै यो सम्मानित सम्बन्ध अझै प्रगाढ बढाउनु, वर्षौं देखि रहेको यो सम्बन्धको लामो इतिहास रहेको छ’ प्रधानमन्त्री मोदीले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा बुद्ध जयन्तीको अवसरमा मोदी नेपाल आउन लागेका हुन्। पाचौँ पटक नेपाल आउन लागेका मोदीले मायादेवी मन्दिरको अलावा लुम्बिनी मठ क्षेत्रमा भारत अन्तर्राष्ट्रीय बौद्ध संस्कृति एवं विरासत केन्द्रको शिलान्यास र बुद्ध जयन्ती समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।

विदेश सचिव विनय मोहन क्वात्राले अप्रिलमा भएको द्विपक्षीय बैठकमा दुवै देशका नेताले गरेको कुरा अगाडि सार्दै द्विपक्षीय सम्बन्धको बारेमा चर्चा हुने, भारत–नेपाल ऊर्जा सम्बन्धी लगायतका विषयमा अप्रिलमा भएको सहमतिमा कुरा हुने बताए ।

नेपालमा रहँदा प्रधानमन्त्री देउवा र मोदीबीच लुम्बिनीमा भेटवार्ता हुने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.