भरतपुर महानगरमा पछि परिन् रेणु ,अग्रता बढाउँदै एमालेका सुवेदी
चितवन । भरतपुर महानगरकाे मेयरमा एमालेका उम्मेदवार विजय सुवेदीले पछिल्लो मतपरिणाम अनुसार अग्रता कायम गरेका छन् । ७ हजार ७७७ मतगणना हुँदा उनले २८०६ मत पाएका छन् । नेकपा एमालेका सुवेदीलाई पछयाँउदै रेणु दाहालले २७९६ मत ल्याएकी छन् ।
रेनु दाहालले अग्रता लिएको भरतपुरमा पछिल्लो सवा दश बजेको मतपरिणाम अनुसार सुवेदीले अग्रता लिएका हुन् ।
यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका चित्रसेन अधिकारीले ३०७६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २२३८ मत पाएकी छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment