भरतपुर महानगरमा मतगणना स्थगित
चितवन । भरतपुर महानगरमा जारी मतगणना स्थगित भएको छ । वडा नम्बर २ को मतगणना गर्ने क्रममा खसेको भन्दा बढी मत भेटिएपछि विवाद उत्पन्न हुँदा मतगणना स्थगित भएको छ । मुचुल्का गरेर उठाइएको मतपत्र भन्दा ३० मत बढि भेटिएपछि मतगणना स्थलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद उत्पन्न भएको हो ।
भरतपुर महानगरमा गठबन्धनकी रेणु दाहाल र एमालेका विजय सुवेदीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । रेनु दाहालले अग्रता लिएको भरतपुरमा पछिल्लो मतपरिणाम अनुसार सुवेदीले तीन मतले पछयाईरहेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment