मुड्केचुला गाउँपालिकामा माओवादीको जित
जाजरकोट। मुड्केचुला गाउँपालिका अध्यक्षमा पुनः माओवादी केन्द्रका दत्तबहादुर शाही निर्वाचित भएका छन्। उपाध्यक्षमा पनि माओवादीकै दूधाकुमारी रोकाय विजयी भएकी छन्।
अध्यक्षमा शाहीले १ हजार ३०९ मत पाउँदा एमाले, कांग्रेस र एकीकृत समाजवादीका संयुक्त उम्मेदवार लंकबहादुर रोकायले १ हजार २०७ मत मात्र पाए।
रोकायले १ हजार ३३६ मतसहित उपाध्यक्षमा विजयी हुँदा एमाले उम्मेदवार सविताकुमारी रोकायले १ हजर १६५ मत मात्र पाइन्।
माओवादीले २,३,४,५,६,७,८ र ९ मा जितेकाे छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment