महोत्तरीको बर्दिबासमा स्वतन्त्र उम्मेदवारको अग्रता

डिसी नेपाल
२ जेठ २०७९ ९:२९
272
Shares

महोत्तरी। माओवादी केन्द्रको दवदवा रहेको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन्। नेपाली कांग्रेसबाट अन्तिम समयमा टिकट खोसिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका क्षेत्री सबै दलहरुलाई पछि पार्दै अगाडि बढेका छन्।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाटै उम्मेदवारी दिएका क्षेत्रीले झण्डै १ हजार मतले माओवादी केन्द्रसँग पराजय बेहोरेका थिए।

प्यानलसहित दर्ता गरेका क्षेत्री समुहले २ वटा वडामा जितसमेत हासिल गरिसकेको छ। वडा न.७, १४ र वडा न.१ मा क्षेत्री समूहकाे जेब्रा चिन्हवाट जित हासिल गरेको हो।

वडा न.७ मा रामसोगारथ यादव, वडा न.८ मा भोला यादव र वडा न.१४ विजय महतो विजयी वनेका छन्। उनीहरू दलका उम्मेदवार तथा आफ्नै आधिकारिक उम्मेदवारहरूसँग १ /१ मतले विजयी बन्दै गएका छन्।

वडा न.१४ मा कांग्रेसका आधिकारिक उम्मेदवार भरत हमाललाइ जम्मा १ मतले उछिन्दै विजय महतो विजयी भए। निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार विजयले ५०८ मत प्राप्त गरेका छन भने का‌ंग्रेसका उम्मेदवार हमालले ५०७ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.