भरतपुर महानगरमा १५ हजार १ सय ३१ मत गणना हुँदा रेणु १० मतान्तरले अगाडि
चितवन । भरतपुर महानगरपालिका गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रेणु दाहालले पछिल्लो मतपरिणाम अनुसार अग्रता यथावत् कायम गरिरहेकी छिन् । १५ हजार १ सय ३१ मत गणना हुँदा रेणुले ५ हजार ६६ मत पाएकी छिन् ।
एमालेका उम्मेदवार विजय सुवेदीले ५०५६ मतले रेणुलाई पछ्याइरहेका छन् । रेणु १० मतले अग्रता लिइरहेकी छिन् । जगन्नथ पौडेलले २३७९ ल्याएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ६०८३ मत ल्याएका छन् । एमालेकी हिमला गुरुङले ४०६९ मत ल्याएकी छिन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment