उदयपुरगढी गाउँपालिका अध्यक्षमा समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित

डिसी नेपाल
३ जेठ २०७९ ६:०७
84
Shares

उदयपुर। उदयपुरको उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित भएका छन्। सत्ता गठबन्धबाट उम्मेदवार बनेका केप्छाकी मगरले निकटतम् प्रतिस्पर्धी एमालेका गोपालबहादुर खत्रीलाई ८२८ मतले हराउदै निर्वाचित भएका हुन्।

मगरले ४ हजार ९ सय ४२ मत प्राप्त गर्दा खत्रीले ४ हजार १ सय १४ मत मात्र प्राप्त गरे। यस्तै उपाध्यक्षमा एमालेकी शोभाकुमारी मगरलाई हराउदै कांग्रेसका जितबहादुर खड्का निर्वाचित भएका छन् । खड्काले ४ हजार ६ सय ४८ मत ल्याउँदा नेकपा एमालेकी शोभाकुमारी मगरले ३ हजार ८६३ मात्र मत ल्याइन्।

त्यसैगरी उदयपुरगढी गाउँपालिका वडा नम्बर १ मा नेकपा समाजवादीका दिलबहादुर राना मगर विजयी भएका छन्।वडा नम्बर २ मा स्वतन्त्र उम्मेदवार ईन्द्रबहादुर राउत विजयी भएका छन्।

वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका मनोजकुमार कार्की, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका रामबहादुर घले मगर, वडा नम्बर ५ मा नेपाली कांग्रेसका कुमार अधिकारी, वडा नम्बर ६ मा कांग्रेसका कृष्णबहादुर खत्री, वडा नम्बर ७ मा माओवादी केन्द्रका भुवन केप्छाकी मगर र वडा नम्बर ८ मा एमालेका थीरबहादुर राउत विजयी भएका छन्। उदयपुरगढी गाउँपालिकामा २० हजार २ सय ५२ मतदाता मध्ये ५९ दशमल ७६ प्रतिशत १२ हजार १ सय २ मत खसेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.