कास्कीको अन्नपूर्ण गाउँपालिकामा एमाले विजयी

डिसी नेपाल
३ जेठ २०७९ ८:१७
80
Shares

पोखरा। कास्कीको अन्नपूर्णमा दुवै पद नेकपा एमालेले जितेको छ।

अन्तिम परिणामअनुसार एमालेका विष्णुबहादुर केसीले नेपाली कांग्रेसका युवराज कुँवरलाई ७६३ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। केसीले ६ हजार ७२२ मत ल्याउँदा कुँवरले ५ हजार ९५९ मत प्राप्त गरे। २०७४ को निर्वाचनमा केसी उनै कुवँरसँग पराजित भएका थिए।

उपाध्यक्षमा एमालेकै चन्द्रकला अधिकारी विजयी भइन्। उनले ६ हजार ६०८ मतसहित विजयी हुँदा निकटम् प्रतिश्पर्धी कांग्रेसकी खेमकुमारी गुरूङले ६ हजार १४ मत पाइन् । अन्नपूर्णका ११ वटा वडामध्ये १, ३, ६, ७, ९ र ११ वडामा एमाले तथा २, ४, ५, ८ र १० मा कांग्रेसले वडाध्यक्ष जितेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.