जुम्लाकाे सिंजा गाउँपालिकामा माओवादी विजयी

डिसी नेपाल
३ जेठ २०७९ ९:५२
88
Shares

जुम्ला। जुम्लाकाे सिंजा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका पूर्णप्रसाद धिताल विजयी भएका छन्। धितालले कांग्रेसका नन्दराम बुढालाई ११८ मतान्तरले पराजित गरेका हुन्।

उनी १ हजार ९४९ मतसहित विजयी हुँदा कांग्रेसका बुढाले १ हजार ८३१ मत मात्र पाए।

उपाध्यक्षमा माओवादी केन्द्रकै शितली रोकाया १ हजार ९५६ मतसहित विजयी भएकी छन्। कांग्रेसका रजनकली शाहीले १ हजार ६९ मत मात्र पाइन्।

सिंजा गाउँपालिका ६ हजार १९५ मत खसेको थियो। ०७४ काे निर्वाचनमा कांग्रेसबाट देवलसिंह रावल अध्यक्षमा निर्वाचित भएका थिए भने उपाध्यक्षमा एमालेका जन्माकन्या खत्री विजयी भएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.