कुमारी क्यापिटलले जेठ १२ गतेदेखि कुमारी धनवृद्धि योजना जारी गर्दै
काठमाडौं । कुमारी क्यापिटलले ‘कुमारी धनवृद्धि योजना’ नामक म्युचुअल फण्ड जेठ १२ गतेदेखि जारी गर्ने भएको छ। क्यापिटलले १२ करोड युनिट म्युचुअल फण्ड जारी गर्न लागेको हो। क्यापिटलले प्रति युनिट १० रुपैयाँ अंकित मूल्यमा एक अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड ल्याउन लागेको हो।
क्यापिटलले जारी गर्ने म्युचुअल फण्डमध्ये १५ प्रतिशत अर्थात् एक करोड ८० लाख युनिट कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाइ सर्वसाधरणलाई विक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख युनिटसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।
कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्डमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै युनिट विक्री नभएको खण्डमा जेट २६ गतेसम्म आवेदन म्याद थप गर्न सकिने क्यापिटलले जनाएको छ ।
१० वर्ष अवधिको उक्त फण्डको युनिटमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेबसाइट तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो ।







डिसी नेपाल








Facebook Comment