बालेनको अग्रता साढे ४८ सय माथि

डिसी नेपाल
३ जेठ २०७९ १०:३१
724
Shares

काठमाडौं। काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले ४८ सयभन्दा दैरैको मतान्तर बनाएका छन् । उनको कूल मतान्तर ४ हजार ८६३ बनाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार शाहले १० हजार ४८१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५ हजार ६१८ मत पाएका छन्।

कांग्रेसकी सिर्जना सिंहले ४ हजार ८६८ मत पाएकी छन्। उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल भारी मतका साथ अगाडि छन्। उनले ९ हजार ८५८ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ८१७ मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.