बबई गाउँपालिकामा कांग्रेस प्यानलसहित विजयी

डिसी नेपाल
३ जेठ २०७९ ११:५८
72
Shares

दाङ। बबई गाउँपालिकामा नेपाली कांग्रेसले जिते छ। अध्यक्षमा कांग्रेसका कुलबहादुर केसी र उपाध्यक्षमा बमकुमारी खड्का विजयी भएका छन्। अध्यक्षमा निर्वाचित केसीले ६ हजार ६१५ मत प्राप्त गरेका थिए।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भुवनेश्वर पौडेलले पाँच हजार ५३८ मत प्राप्त गरे। पौडेलले २०७४ सालमा गाउँपालिका अध्यक्ष जितेका थिए । यसपटक पनि पार्टीले उनैलाई उम्मेदवार बनाएको थियो।

गाउँपालिका अध्यक्षमा नेकपा माओवादीका केन्द्रका भिमबहादुर वलीले दुई हजार १८ मत मात्र प्राप्त गरे। यहाँ उपाध्यक्षमा नेपाली कांग्रेसकी बमकुमारी खड्काले ६ हजार ४०० मत प्राप्त गरी विजयी हुँदा उनकी निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी सावित्रा विश्वकर्माले पाँच हजार ४१४ मत प्राप्त गरिन् । उनी पनि यसअघि सोही गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएकी थिइन्।

माओवादीकी उपाध्यक्ष पदकी उम्मेदवार अञ्जु घर्तीले दुई हजार २५६ मत प्राप्त गरिन्। बबईका सात वटा वडामध्ये चार वडामा नेपाली कांग्रेस र तीन वडामा नेकपा एमाले विजयी भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.