गिरिराजमणि पोखरेलको वडामै एमालेसँग माओवादी पराजित

डिसी नेपाल
३ जेठ २०७९ ११:५०
340
Shares

महोत्तरी। नेकपा माओवादीका शिर्षनेता गिरिराजमणि पोखरेलको वडाबाट नै माओवादी केन्द्रले हार बेहोरेको छ।

माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गणेश बस्नेतलाई नेकपा एमालेका उम्मेदवार विराट विष्टले पराजित गरेका हुन्। पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका पाेखरेलकाे वडामै माओवादी पराजित हुन पुगेकाे हाे।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको उक्त वडामा झिनो मतले नेकपा एमाले पराजित भएको थियो। निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार गणेश बस्नेतलाई १२२ मतले उछिन्दै विष्ट विजयी भएका हुन् । विष्टले एक हजार ५१५ मत पाउँदा बस्नेतले एक हजार ३९३ मत प्राप्त गरेको छ।

बर्दिबास-३ नेकपा एमालेले विजयी भएसँगै माओवादी केन्द्रले अहिलेसम्मको मतपरिणाममा अघिल्लो निर्वाचनमा जितेका तीन वटा गुमाएको छ भने नेपाली कांग्रेसले दुई वडा गुमाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.