विराटनगर महानगर : प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेकाे अग्रता

डिसी नेपाल
३ जेठ २०७९ १२:२३
260
Shares

माेरङ। स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायम नै रहेको छ। पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका उम्मेदवार कोइरालाले नौ हजार र उनका प्रतिस्पर्धी नेकपा एमालेका सागर थापाले छ हजार ६६७ मत प्राप्त गरेका छन्।

यस्तै, उपप्रमुखमा नेकपा एमालेका शिल्पा कार्कीले सात हजार ६४६, जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले चार हजार ८४४, राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले दुई हजार ३०२ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले एक हजार ६६९ मत प्राप्त गरेकी छन्।

छवटा वडाको परिणाम सार्वजनिक

यसैगरी, विराटनगर महानगरपालिकाको वडा नं १ मा वडाध्यक्ष पदमा नेकपा एमालेका काजीबहादुर बस्नेतले एक हजार ९०० मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजन न्यौपानेले एक हजार ५९१ मत प्राप्त गरेका थिए।

वडा नं २ मा वडाध्यक्ष पदमा नेकपा एमालेका कुमार पोखरेलले एक हजार ३१२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी राप्रपाका पवनकुमार सुरानाले एक हजार २६९ मत प्राप्त गरेका थिए।

वडा नं १३ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उद्धव भुजेलले ७५२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार महर्जनले ६८५ मत प्राप्त गरेका थिए।

वडा नं १७ मा वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका समिर कमरले एक हजार ४५० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका असलम आलमले ९४४ मत प्राप्त गरेका थिए।

साथै वडा नं १८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार जीतेन्द्रकुमार साहले ६१६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका दिनेशकुमार यादवले ६२४ मत प्राप्त गरेका थिए।

वडा नं १९ मा वडाध्यक्ष पदमा नेकपा एमालेका श्याम घिमिरेले ९८७ मत प्राप्त गरी विजयी भएका छन् भने नेपाली कांग्रेसका उदय राजवंशीले ९०५ मत प्राप्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.