काठमाडौंमा बालेनको अग्रता कायमै, कसले कति मत पाए ?

डिसी नेपाल
३ जेठ २०७९ १२:४१
5.5k
Shares

काठमाडौं। काठमाडौं मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन्। निर्वाचन आयोगले औपचारिक रुपमा दिएको पछिल्लो जानकारीअनुसार बालेनले चार हजार ३०३ मतले मतान्तरले अग्रता कायम राखेका छन्।

वडा नम्बर १ र २ मतगणना सकिएको र केही वडाको गणना भइरहेको जानकारी दिएको आयोगले पछिल्लो विवरणअनुसार बालेनले नौ हजार ४९९ मत ल्याएर अग्रता लिइरहेका बताएको छ।

‘ लौरौले (बालेन साह)ले नौ हजार ४९९ मत पाएको छ,’ मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंका प्रेमकुमार श्रेष्ठले भने। उनका अनुसार दोस्रोमा रहेर पछ्याइरहेका एमाले उम्मेदवार केशव स्थापितले पाँच हजार १९६ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले चार हजार ५४० मत पाएकी छन्।

यसैैगरी, राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ८८१ मत पाएका छन्। मतगणना जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.